आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु, ५ हजारभन्दा बढी परिवार प्रभावित

आइतबार, भदौ १ २०८२
चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु, ५ हजारभन्दा बढी परिवार प्रभावित

पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको छ। ती घटनामा १२ जना घाइते भएका छन्।

काठमाडौं- यो वर्षको चार महिना दुई हजार ८८१ विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु छ। चालु आवको बैशाख १ देखि साउनसम्मको चार महिनाको अवधिमा ती घटनामा परेर २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २८७ घटनामा चार र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ।

प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ। ती घटनामा १२ जना घाइते भएका छन्। रासस


प्रकाशित : आइतबार, भदौ १ २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend