आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिरो पन्छाएसँगै पुन: सञ्चालनमा आयो नारायणघाट-मुग्लिन सडक

आइतबार, भदौ १ २०८२
पहिरो पन्छाएसँगै पुन: सञ्चालनमा आयो नारायणघाट-मुग्लिन सडक

आज बिहान ९:३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो।

चितवन- पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ९:३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४:२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।

इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए।

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन्। यस स्थानमा अन्य समयमा पनि ढुंगा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। रासस


प्रकाशित : आइतबार, भदौ १ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend