आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

तुइँन खोलानजिकै पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक पुनः अवरुद्ध

आइतबार, भदौ १ २०८२
तुइँन खोलानजिकै पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक पुनः अवरुद्ध

इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै आज बिहान ९:३० बजे आसपासमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको हो।

चितवन- नारायणघाट-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै आज बिहान ९:३० बजे आसपासमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको हो।

आज बिहान ४:२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो। त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, भदौ १ २०८२१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend