काठमाडौं- संघीय संसद् मातहतका दुई संसदीय समितिको बैठक आज बस्दैछन्। निर्धारित कार्यसूचीअनुसार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आयोजना भएको हो।
पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थामाथि छलफल हुने कार्यसूची तय गरिएको छ। यसैगरी, आगामी चाडपर्वलाई लक्षित गर्दै सडक यातायात र सडक पूर्वाधारको वर्तमान अवस्थाबारे पनि बैठकमा छलफल गरिनेछ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।