काठमाडौं- अर्थ मन्त्रालयले दर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले अन्तर्गतका निकाय तथा महाशाखाको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयले भन्सार विभागको महानिर्देशक परिवर्तन गरेको छ। महेश भट्टराईलाई मन्त्रालयमा पठाएर मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई विभागको महानिर्देशक बनाएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणबाट मन्त्रालयमा सरुवा भएका सुमन दाहाललाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।
टंकप्रसाद पाण्डेलाई योजना मूल्यांकन तथा महेश भट्टराईलाई नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ।
ठूला करदाताको प्रमुख प्रशासनक रहेका रमेश अर्याललाई र जनराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ। त्यस्तै भरतमणि पाण्डेलाई भन्सारको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। वीरगञ्ज तथा विमासन्थल भन्सार प्रमुख पनि फेरिएका छन्।