आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अखाद्य वस्तु भेटिएपछि 'धरहरा टपरी मःम'का सञ्चालकलाई महानगरले तिरायो दुई लाख जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३० २०८२
अखाद्य वस्तु भेटिएपछि 'धरहरा टपरी मःम'का सञ्चालकलाई महानगरले तिरायो दुई लाख जरिवाना

महानगरले उक्त व्यवसायका सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित कामपाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गराएको छ।  

काठमाडौं महानगरपालिकाले नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमका सञ्चालकले बिक्रीवितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए।

धरहरा टपरी मःमका सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए  

'बजार अनुगमनका क्रममा त्रुटि भेटिएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ‘ख’ बमोजिम जरिवाना तोकिएको हो', प्रमुख न्यौपानेले भने। 

महानगरले उक्त व्यवसायका सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित कामपाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

साथै आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन र बिक्रीवितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई आग्रह गरेको छ। 


प्रकाशित : शुक्रबार, साउन ३० २०८२११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend