आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

डोको, थुन्से र ढाकर बेचेर मासिक १२ हजार आम्दानी

शुक्रबार, साउन ३० २०८२
डोको, थुन्से र ढाकर बेचेर मासिक १२ हजार आम्दानी

उनले दैनिक पाँच वटासम्म डोका बुन्ने गरेका छन्। एउटा डोको २५० देखि ३५० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ।

म्याग्दी- बेनी नगरपालिका-९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्। बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक १२ हजार रूपैयाँ आर्जन गर्दै आएका छन्।

आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ। १९ वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ।

'अझै  जवान छुजस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु', पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने।

विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउँछन्। परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिदिए। 

'विगतमा बजारमा बेच्न जानुपर्थ्यो अहिले घरमै ग्राहक आउँछन्,' उनले भने।

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गरेका छन्। एउटा डोको २५० देखि ३५० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ३० २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend