आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिरोले कोदारी राजमार्ग अवरुद्ध : सागसब्जी र फलफूल बोकेका ६ सय कन्टेनर सीमापारि

शुक्रबार, साउन ३० २०८२
पहिरोले कोदारी राजमार्ग अवरुद्ध : सागसब्जी र फलफूल बोकेका ६ सय कन्टेनर सीमापारि

पहिरो पन्छाउन नसक्दा सवारीसाधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए।

चौतारा- पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६ सय कन्टेनर मितेरीपुलपारि रोकिएका छन्। 

भोटेकोशी गाउँपालिका-२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो। पहिरो पन्छाउन नसक्दा सवारीसाधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए। करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ।

कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गरे।

यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend