शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

व्यावसायिक स्याउखेतीमा रमाइरहेका जनप्रतिनिधि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३० २०८२
व्यावसायिक स्याउखेतीमा रमाइरहेका जनप्रतिनिधि

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन्।

बागलुङ- ६ वर्षअघि ताराखोला गाउँपालिका-५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ। 

रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन्। प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटामात्र जोगाउन सफल भएको सुनाए।    

स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन्। उनको बगान चार रोपनीमा फैलिएको छ। उनी ६ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन्। अध्यक्ष रोकाले भने, 'अब १० रोपनीमा खेती गर्ने सोचमा छु।'

स्याउखेतीका निम्ति उनले एक लाख ५० हजार लगानी गरेको बताए। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन। यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए। 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन्।

ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ। जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताए। रासस


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend