आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

बिहीबार , साउन २९ २०८२
कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण
फाइल तस्बिर

कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा कैलाली र कञ्चनपुरमा २० घर निर्माण सम्पन्न गरेको हो।

कैलाली- सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए। उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं. २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका-३, ७, १० र ११ मा छ र दोधारा-चाँदनी नगरपालिका-३, ६ तथा ७ मा चार घर निर्माण गरिएको हो।

उनले भने, 'सबै घर गत आवमा नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तारण गरिसकेका छौँ, लाभग्राहीहरु घरमा बसिसक्नुभएको छ।'

सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा ७० लाख रूपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए। उनका अनुसार कैलालीमा प्रतिघर निर्माण लागत चार लाख ८३ हजार ९९१ रूपैयाँ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत चार लाख ९६ हजार २३३ रूपैयाँ छ।

कार्यालयले प्रतिघर निर्माणका लागि तीन लाख ५० हजार रूपैयाँ उपलब्ध गराएको र बाँकी रकमबराबरको लाभग्राहीले श्रमदान गरेको उनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend