आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

महाकालीमा पानीको प्रवाह बढेसँगै शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

बिहीबार , साउन २९ २०८२
महाकालीमा पानीको प्रवाह बढेसँगै शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए।

कञ्चनपुर- सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए।

उनका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको हो। दुईपांग्रे सवारीसाधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend