आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

१३ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग

बिहीबार , साउन २९ २०८२
१३ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग
फाइल तस्बिर

लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो। बाटो खुलेसँगै अलपत्र यात्री आ-आफ्ना गन्तव्यतर्फ लागेका छन्।

बैतडी- जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ। राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। लगातारको वर्षाले पहिरो पन्छाउन ढिलाइ भएको थियो।

बाटो खुलेर सवारीसाधन सञ्चालन भएसँगै अलपत्र यात्री आ-आफ्ना गन्तव्यतर्फ लागेका छन्। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend