शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कर्णालीमा जग्गा बाँझो राख्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २९ २०८२
कर्णालीमा जग्गा बाँझो राख्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ। प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ।

सुर्खेत- कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ। प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो। 

उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५ सय, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा एक हजार ५ सय रुपैयाँ जरिवाना लाग्नेछ। यो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको छ।
   
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ। प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ।

पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने प्रबन्ध मिलाइएको छ। पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था ऐनमा गरिएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend