आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाङ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २९ २०८२
काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाङ

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन्।

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ।

परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९ सय १५ मुद्दामा ६ हजार ५ सय ५३ मुद्दा बैंकिङ कसुरका छन्। 

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन्। परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन्।  

आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन्। परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , साउन २९ २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend