शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

संसदमा एमसीसी : कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
संसदमा एमसीसी : कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

काठमाडौं- प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ।

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ। ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ। सरकारले अन्य दललाई पनि एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ। रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend