आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय, लुम्बिनी–कर्णाली–सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

बिहीबार , साउन २९ २०८२
पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय, लुम्बिनी–कर्णाली–सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

पूर्वी क्षेत्रमा भने यो रेखा तराईभन्दा केही दक्षिणतर्फ रहेकोले पूर्वको तुलनामा पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय हुने अनुमान गरिएको छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल पश्चिमतर्फ नेपालको तराई आसपासमा सक्रिय छ। पूर्वी क्षेत्रमा भने यो रेखा तराईभन्दा केही दक्षिणतर्फ रहेकोले पूर्वको तुलनामा पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, मधेस प्रदेशसहित देशका बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

गण्डकी प्रदेशको पहाडी तथा तराई, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा समेत मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend