आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्षबीच भेटवार्ता, परियोजना कार्यान्वयनबारे चासो

बुधबार, साउन २८ २०८२
वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्षबीच भेटवार्ता, परियोजना कार्यान्वयनबारे चासो

एमसीसीका सहायक उपाध्यक्षसँगको भेटमा वनमन्त्री ऐनबहादुर शाहीले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गरे।

काठमाडौं- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसीसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गरेका छन्।

मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

एमसीसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उनले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग र नेपालमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सरकारको प्रयास साकार हुनलागेको उल्लेख गरे।

यस परियोजनाको कार्यान्वयनले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुका साथै एकआपसमा विश्वास थपेको उल्लेख गदै मन्त्री शाहीले प्रसारणलाइन परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई मात्र नभइ नेपाल र भारतबीच विद्युत् व्यापारलाई पनि सहज बनाएको बताए। उनले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गरे।

सहायक उपाध्यक्ष विङ्गलले एमसीसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend