आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

बुधबार, साउन २८ २०८२
बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए।

बैतडी- जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ। गाउँपालिकाकाको वडा नं २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो। 

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ-२ शर्मालीका ५८ घरमा बिजुली पुगेको छ।

वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको छ। बिजुली विस्तार गर्न  बाँकी रहेका ४ र १ नम्बर चाँडै काम थालिने उनले बताए।  शिवनाथका वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ। गाउँमा बिजुली बलेसँगै अन्न कुट्ने-पिस्ने मिल सञ्चालन भएका छन्।

शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend