शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा

बुधबार, साउन २८ २०८२
उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा

किसानलाई प्रोत्साहनस्वरुप सहकारीमार्फत दुध र मासुमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

तनहुँ- व्यास नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेपछि यहाँका सर्वसाधारण व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन्। 

किसानलाई प्रोत्साहनस्वरुप सहकारीमार्फत दुध र मासुमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। दुई हजार ५०० किसानले गाई, दुई हजार जनाले भैँसी र सात हजार ५ सयले बाख्रा पालेका उनले बताए।

गत आर्थिक वर्षमा किसानलाई दूधमा प्रतिलिटर दुईका दरले ४० लाख ३० हजार ६७९ रूपैयाँ र मासुमा प्रतिकिलो २० रूपैयाँका दरले पाँच लाख ४७ हजार सात सय ८६ रूपैयाँ अनुदान दिइएको छ। 

एक हजार एकसय २५ गाई र ६ सय २१ भैसीँमा कृत्रिम गर्भाधान गराइएको छ। एक हजार ५३० किसानका २४ हजार १६७ पशुपक्षीको उपचार, बाख्रा स्रोत केन्द्र कार्यक्रमअन्तर्गत तीनवटा बाख्रा फार्म छनौट गरी एक लाख २५ हजारमा खोर निर्माण मर्मत गरिनुका साथै ७९ वटा सहकारी संस्थालाई वर्गीकरण  गरिएको उनले बताए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend