आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूल खेती

बुधबार, साउन २८ २०८२
बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूल खेती

कार्यालयले ढोरपाटन नगरपालिका-९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरेको छ।

बागलुङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिकरुपमा फलफूल तथा सागसब्जी खेती थालिएको छ।

परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो। जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली जमिनको उपयोग भएको छ।

चक्लाबन्दी भएको जमिनमध्ये एक करोड रूपैयाँ लगानी गरेर सात हेक्टरमा सुन्तला,१२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबीका बिरुवा लगाइएको प्रमुख पौडेलले बताए।

उक्त कार्यालयले ढोरपाटन नगरपालिका-९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरेको छ। गत आवमा दुईसय ८० रोपनी चक्लाबन्दी गरी रेड, गोल्डेन, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाइएका छन्।

नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरूले झन्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आए पनि प्रशस्त लाभ लिन नसकेको बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउखेतीका निम्ति प्रेरित गरेपछि किसान उत्साहित भएका उनले बताए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend