आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, साउन २८ २०८२
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरोको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा तोकिएको छ।

स्विस फ्र्याङ्कको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलरको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३३ पैसा रहेका छन्। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ।

साउदी अरेबियन रियालको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा कायम भएको छ।

थाई भाटको खरिददर ४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४ रुपैयाँ ३३ पैसा, युएई दिरामको खरिददर ३८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८ रुपैयाँ २९ पैसा तोकिएको छ।

मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा कायम गरिएको छ।

स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८७ पैसा रहेको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनारको खरिददर ४५८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०५ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ३७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०८ पैसा, ओमनी रियालको खरिददर ३६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा संशोधन गर्न सक्ने बताएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुन सक्ने तथा अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend