आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मनसुन सक्रिय: आगामी २४ घण्टा देशभर वर्षाको सम्भावना

बुधबार, साउन २८ २०८२
मनसुन सक्रिय: आगामी २४ घण्टा देशभर वर्षाको सम्भावना

बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा छिटपुट वर्षा भएको छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ।

बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा छिटपुट वर्षा भएको छ।

पछिल्लो एक घन्टामा दार्चुला गोकुलेश्वरमा २३.४ मिलिमिटर, बाजुराको ओलेना १९.८ मिलिमिटर, नुवाकोट त्रिशूली १८.४ मिलिमिटर र नवलपरासी बर्दघाटमा ११ मिलिमिटर वर्षा भएको छ।

बुधबार देशभर बदली रहनेछ र अधिकांश स्थानमा मध्यम वर्षाको संभावना छ। मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको संभावना छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पूर्णतया बदली रहनेछ भने बाँकी भू–भागमा सामान्य बदली रहने अनुमान छ।

गण्डकी र कर्णालीका पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने र लुम्बिनी प्रदेश तराईका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend