आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बाढीपहिरोले गमगढी-बालै-पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

मंगलबार, साउन २७ २०८२
बाढीपहिरोले गमगढी-बालै-पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ। दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ।

मुगु- बाढीपहिराका कारण गमगढी-बालै-पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो।

सडकका विभिन्न भागमा माटो, ढुंगा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ। बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन्। खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ।

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ। दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ। अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन।

यसैबीच, वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताइएको छ। डोजरलगायत उपकरण तयारी अवस्थामा रहेको गमगढी नगरपालिकाको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, साउन २७ २०८२१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend