आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सप्तकोसी नदीमा पानीको बहाव बढ्दोक्रममा, १९ ढोका खुला

मंगलबार, साउन २७ २०८२
सप्तकोसी नदीमा पानीको बहाव बढ्दोक्रममा, १९ ढोका खुला

सप्तकोसी नदीमा बहाव बढ्दोक्रममा रहेकाले ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ।

सुनसरी- पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।

सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

सप्तकोसी नदीमा बहाव बढ्दोक्रममा रहेकाले ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरुप रातो बत्ती बालिएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २७ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend