आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मंगलबार देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

मंगलबार, साउन २७ २०८२
मंगलबार देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, नेपालको तराई नजिक रहेको जनाएको छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, नेपालको तराई नजिक रहेको जनाएको छ। यसको प्रभावका कारण मंगलबार देशभर सामान्यतया बदली रहने छ।

विभागका अनुसार, आज देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेस प्रदेशसहित अन्य तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

आज राति देशभर पूर्णतया बदली रहने विभागले जनाएको छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

यस्तै, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान छ। गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले वर्षासँगै पहिरो, बाढी र खोला–नदीको पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रकाशित : मंगलबार, साउन २७ २०८२०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend