आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

काठमाडौं महानगरको अनुगमन : मापदण्डविपरीतका पानीका जार नष्ट

सोमबार, साउन २६ २०८२
काठमाडौं महानगरको अनुगमन : मापदण्डविपरीतका पानीका जार नष्ट

महानगरका अनुसार गत आसार र यही साउनमा मात्रै मापदण्डविपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिका मापदण्डविपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ। महानगरका अनुसार गत आसार र यही साउनमा मात्रै मापदण्डविपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको छ।

बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न कामपाले प्रशोधित पिउने पानीको अनुगमनको क्रममा उक्त जार नष्ट गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।

पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको पनि उनले बताए। चालु आर्थिक वर्ष सुरु भएपछि कामपाले बल्खु, चाबहिल-चुच्चेपाटी, माछापोखरी-बालाजु, कोटेश्वरलगायतका स्थानमा अनुगमन गरेको थियो।

महानगर, कृषि तथा पशुपक्षी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो।

'हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ। मापदण्डविपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ', न्यौपानेले बताए।

अनुगमनका क्रममा मापदण्डविपरीतका जारहरू बिक्री-वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल-बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको न्यौपानले बताए। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend