आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने, हकप्रद पनि जारी गर्ने

सोमबार, साउन २६ २०८२
सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने, हकप्रद पनि जारी गर्ने

कम्पनीको २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजिको १५ प्रतिशत बराबर हुने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

काठमाडौं- सिक्लेस हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको सञ्चित नाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने  भएको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको छ।

कम्पनीको  २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बराबर हुने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साथै चुक्ता पुँजीको ०.७८९ प्रतिशत बराबर ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबर नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव राखिएको छ। यस नगद लाभांशमा कर प्रयोजनको लागि आवश्यक व्यवस्थापन गरिनेछ।

सञ्चालक समितिले बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको १:१ अनुपातम हकप्रद सेयर निष्काशन गर्ने योजना समेत अघि बढाएको छ। उक्त हकप्रद सेयरको लगानीबाट कम्पनीले आगामी समयमा अन्य जलविद्युत आयोजनाहरुमा पुँजी लगानी गर्ने योजना बनाएको छ।

यद्यपि यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति आवश्यक पर्नेछ। स्वीकृति पाएपछि उक्त प्रस्ताव वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिनेछ।

सिक्लेस हाइड्रोपावर लिमिटेडले यस निर्णयबाट कम्पनीको पुँजी संरचना सुदृढ गर्दै आगामी विकासका लागि थप स्रोत जुटाउने उद्देश्य राखेको छ। यसबाट सेयरधनीहरुलाई समेत दीर्घकालीन लाभ मिल्ने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, साउन २६ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend