शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चामलको मूल्य घट्यो, अन्तर्राष्ट्रिय बजारमा ८ वर्षकै न्यून

सोमबार, साउन २६ २०८२
चामलको मूल्य घट्यो, अन्तर्राष्ट्रिय बजारमा ८ वर्षकै न्यून

संसारकै ठूलो निर्यातक भारतमा गत वर्ष उत्पादनमा सुधार भएको र निर्यात पनि सहज बनाएपछि मूल्यमा गिरावट देखिएको हो। थाइल्याण्डले पनि निर्यात बढाएको थियो।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य निरन्तर घटिरहेको छ। गत वर्षको उत्पादनमा सुधार भएपछि र संसारकै ठूलो निर्यातकले निर्यातमा सहजीकरण गरिदिएपछि मूल्य घटेको छ। 

चामलको मूल्य सन् २०१७ पछिकै न्यून भएको हो। प्रतिटन ३७२.५० डलरसम्म झरेको छ। यो सन् २०१७ पछिकै न्यून हो। गत वर्षको तुलनामा चामिलको मूल्य २६ प्रतिशतले घटेको राष्ट्रसंघीय कृषि संगठनले जानकारीले दिएको छ। 

चामलको मूल्य घट्नुमा मुख्य कारण भारत रहेको छ। भारतले पछिल्ला केही वर्षदेखि चामलको निर्यातमा अवरोध राखेको थियो आन्तरिक उत्पादन घट्ने अनुमानले निर्यातमा अंकुस लगाउँदै आएपनि सन् २०२४ को अन्त्यतिर गएर भारतले निर्वाध निर्यात गरेको थियो। 

संसारकै ठूलो निर्यातक भारतमा गत वर्ष उत्पादनमा सुधार भएको र निर्यात पनि सहज बनाएपछि मूल्यमा गिरावट देखिएको हो। थाइल्याण्डले पनि निर्यात बढाएको थियो। 

पछिल्लो समय नेपाल आउने चामलको मूल्य पनि घटेको छ। भारतले केन्द्रीय भण्डारण पनि रिसाइकल गरेको र उत्पादन बढेर निर्यात पनि बढेपछि त्यसको लाभ नेपाली उपभोक्ताले पनि पाएका छन्। यद्यपि आयात मूल्य घटे अनुसारको उपभोक्ता मूल्य भने घटेको छैन।


प्रकाशित : सोमबार, साउन २६ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend