शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमसीसीमा सहमति जुटाउन गृहमन्त्री खाँणले भेटे प्रचण्ड र ओली

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
एमसीसीमा सहमति जुटाउन गृहमन्त्री खाँणले भेटे प्रचण्ड र ओली

काठमाडौं- संसद्‍मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नेलगायत विषयमा विचार विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ। भेटका अवसरमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसीसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी  प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ।

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ। सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ। रासस 


प्रकाशित : बुधबार, फागुन ११ २०७८०६:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend