आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

ख्याकुवामा खानेपानीको  पहुँच

आइतबार, साउन २५ २०८२
ख्याकुवामा खानेपानीको  पहुँच

उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एकसय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ।

काभ्रेपलाञ्चोक- पनौती नगरपालिका-११ स्थित ख्याकुमा ख्याकु-देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एकसय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ। खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो।

उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एकसय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ। ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडाबाट स्कुलसम्मका बस्ती अब सुरक्षित र खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो।

कुल ८३ लाख ४८ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ। उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा)बाट ४२ लाख ४१ हजार ७ सय रूपैयाँ, पनौती नगरपालिकाबाट १६ लाख ९१ हजार ४ सय रूपैयाँ र उपभोक्ताको श्रमदानबाट २४ लाख १४ हजार ८ सय रूपैयाँ खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए।

यसअघि गत हप्ता पनौती नपा-११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरी एकसय ९५ परिवारलाई पुनः खानेपानी उपलब्ध गराइएको थियो। बाढीपहिरोले क्षति पुर्‍याएको उक्त नेपाने-फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिष्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो।

बल्थलीस्थित नेपानेका एकसय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर-एक धारा’ कार्यक्रममा जोडिएका हुन्।

विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिरोले क्षति पुर्‍याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो। रासस


प्रकाशित : आइतबार, साउन २५ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend