आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर स्थिर

आइतबार, साउन २५ २०८२
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर स्थिर

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा कायम भएको छ। स्वीस फ्र्यांकको खरिददर १७३ रुपैयाँ २३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, क्यानाडियन डलरको खरिददर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। सिंगापुर डलरको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा तय गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिरामको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा तोकिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तय भएको छ। स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४ रुपैयाँ ६४ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनारको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा, बहराइन दिनारको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा तोकिएको छ। ओमानी रियालको खरिददर ३६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०८ पैसा छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ। रासस

 


प्रकाशित : आइतबार, साउन २५ २०८२०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend