आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मधेस, कोशी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आइतबार, साउन २५ २०८२
मधेस, कोशी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ, भारततर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ, भारततर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ र आगामी २४ घण्टामा पनि वर्षा जारी रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार अहिले मधेस, कोशी, र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा धनुषाको तुलसीमा १०३.२ मिलिमिटर, सर्लाहीको परवानीपुरमा ८१.२ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा ८८ मिलिमिटर, र कैलालीको एक स्थानमा ८६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

आइतबार दिनभर देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थान तथा मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत महाशाखाले जनाएको छ।

आइतबार राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा मधेस प्रदेशसँगै कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। कोशी, बागमती र गण्डकीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन २५ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend