आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कालीमाटीमा आज यस्तो छ सागसब्जी र फलफूलको मूल्य

शनिबार, साउन २४ २०८२
कालीमाटीमा आज  यस्तो छ सागसब्जी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले २४ साउनका लागि सागसब्जी, फलफूल, मसला तथा अन्य कृषि उपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले २४ साउनका लागि सागसब्जी, फलफूल, मसला तथा अन्य कृषि उपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा उपलब्ध प्रमुख तरकारी, फलफूल र मसला वस्तुका मूल्य यस प्रकार रहेका छन्।

सागसब्जीमा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २८ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४३ रुपैयाँ तोकिएको छ। आलु रातो ५० रुपैयाँ, आलु रातो (भारतीय) ३८ रुपैयाँ, आलु रातो (मुडे) ४५ रुपैयाँ र आलु सेतो ४० रुपैयाँमा कारोबार हुने छ। प्याज सुकेको (भारतीय) ३९ रुपैयाँ, गाजर (लोकल) १०० रुपैयाँ र गाजर (तराई) ९० रुपैयाँ कायम गरिएको छ।

बन्दा (लोकल) २५ रुपैयाँ, काउली स्थानीय १०० रुपैयाँ, काउली स्थानीय (ज्यापु) ११० रुपैयाँ र काउली तराई ८० रुपैयाँ तोकिएको छ। रातो मूला ५० रुपैयाँ, सेतो मूला (लोकल) २५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी १०० रुपैयाँ र मकै बोडी ७० रुपैयाँमा बिक्री हुने छ।

घिउ सिमी (लोकल र हाइब्रिड) १०० रुपैयाँ, घिउ सिमी (राज्मा) १४० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमास कोसा १२० रुपैयाँ, तीतो करेला ४० रुपैयाँ, लौका ६५ रुपैयाँ, परबर (लोकल र तराई) ८० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो र डल्लो) ५० रुपैयाँ, सलगम ९० रुपैयाँ र भिण्डी ६५ रुपैयाँमा उपलब्ध हुने छन्।

पिँडालु ८० रुपैयाँ, स्कूस ५५ रुपैयाँ, रायोसाग ६० रुपैयाँ, पालुङ्गो साग ५० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, च्याउ (कन्य) २०० रुपैयाँ, च्याउ (डल्ले) ५०० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र निगुरो ९० रुपैयाँ निर्धारण गरिएको छ। ब्रोकाउली २५० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजिवन २०० रुपैयाँ, रातो बन्दा २६० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले १,३०० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना २१० रुपैयाँ, गान्टेमुला ९० रुपैयाँ, इमली २०० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु १२० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँमा बिक्री हुने छन्।

फलफूलमा स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३३० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती १३० रुपैयाँ, अनार ४०० रुपैयाँ, आँप (माल्दह) २०० रुपैयाँ, आँप (दशहरी) २०० रुपैयाँ, आँप (चोसा) १८० रुपैयाँ, सुन्तला (नेपाली) ३५० रुपैयाँ, तरबुजा हरियो ८० रुपैयाँ, मौसम १६० रुपैयाँ, जुनार २४० रुपैयाँ, भुइँकटहर (गोटा) १६० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) २५ रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, नास्पाती (लोकल) ९० रुपैयाँ, नास्पाती (चाइनिज) २५० रुपैयाँ, मेवा (नेपाल) ९० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, अम्बा २५० रुपैयाँ र लप्सी ६० रुपैयाँ तोकिएको छ।

मसला तथा अन्य वस्तुमा अदुवा १२० रुपैयाँ, खुर्सानी सुकेको ३५० रुपैयाँ, खुर्सानी हरियो ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) ६० रुपैयाँ, खुर्सानी हरियो (माछे) ७० रुपैयाँ, खुर्सानी अकबरे २५० रुपैयाँ, भेडे खुर्सानी ८० रुपैयाँ, लसुन हरियो १०० रुपैयाँ, हरियो धनियाँ ४०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) २०० रुपैयाँ, लसुन सुकेको (नेपाली) १६० रुपैयाँ, छ्यापी सुकेको १८० रुपैयाँ, छ्यापी हरियो १३० रुपैयाँ, माछा सुकेको १,००० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ, ताजा माछा (बचुवा) ३०० रुपैयाँ, ताजा माछा (छडी) २४० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ तोकिएको छ। रासस

 


प्रकाशित : शनिबार, साउन २४ २०८२०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend