आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मधेसमा ७२ प्रतिशत धान रोपाइँ

शुक्रबार, साउन २३ २०८२
मधेसमा ७२ प्रतिशत धान रोपाइँ
फाइल तस्बिर

यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृतरुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ।

जनकपुरधाम- पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ। पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ।

यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृतरुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ।

'सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ', निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने।

उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताए।

यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो टयुबवेल वितरण प्रक्रिया सुरु गरेको छ।

निर्देशनालयका अनुसार मधेस प्रदेशमा कुल तीन लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend