आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन

शुक्रबार, साउन २३ २०८२
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन

बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट जडानलगायत काम भइरहेको बताए।

काठमाडौं- प्रतिनिधिसभा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।

समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको छ।

समितिको आज बसेको बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले समितिले यही साउन १२ गते क्रिकेट मैदान अवलोकन गरेपछिको प्रगति उपलब्ध गराउन निर्देशन दिएका हुन्। अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट जडानलगायत काम भइरहेको सभापति गैरेले बताए।

समितिले यही गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो। त्यसपछिको समयमा भएको कार्यप्रगतिबारे समितिलाई जानकारी गराउन उनले निर्देशन दिए। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend