आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

शारदा ब्यारेजमा चारपांग्रे सवारी सञ्चालनमा रोक

शुक्रबार, साउन २३ २०८२
शारदा ब्यारेजमा चारपांग्रे सवारी सञ्चालनमा रोक

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ।

कञ्चनपुर- महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend