आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

शुक्रबार, साउन २३ २०८२
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

प्रतिकूल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा पनि बन्द छ।

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। 

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए। सडक खुलाउने प्रयास भइरहेको उनले बताए। निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ। प्रतिकूल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा पनि बन्द छ। स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend