शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

गृहले भन्यो - एमसीसीको विरोधमा सामाजिक जीवनलाई अवरोध गर्ने काम नगर्नू

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १० २०७८
images
गृहले भन्यो - एमसीसीको विरोधमा सामाजिक जीवनलाई अवरोध गर्ने काम नगर्नू

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए।

images
images

काठमाडौं- गृह मन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्‍याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

images
images
images

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्‍याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो।

images
images

'पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पुर्‍याउने र ढुङ्गा प्रहार गर्नेसम्मको हर्कत देखिएको भन्दै मन्त्रालयले त्यस्ता हिंसात्मक कार्यप्रति नेपाल सरकार भत्र्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्ति छानबिनको क्रममा समेत रहेको स्पष्ट पारेको छ', विज्ञप्तिमा उल्लेख छ। साथै यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ।

images
images

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए।

जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ। सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तिमा जनाइएको छ। 

bigyapti.jpg


प्रकाशित : मंगलबार, फागुन १० २०७८१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend