आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

डहरे खोलामा बाढी आएपछि गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध

शुक्रबार, साउन २३ २०८२
डहरे खोलामा बाढी आएपछि गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध
फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ।

गुल्मी- अविरल वर्षाका कारण गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध बनेको छ।

सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।

डहरेमा लेदोसहितको बाढी आएपछि सडक पूर्णरुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक कठिन भइ प्रनाउ सारुले बताए। उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो।

त्यसैगरी, सुक्खा पहिरोका कारण रिडी‐खञ्ज्याङ सडक पनि अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐१ स्थित साँखरमा पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो। वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ।

जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ। गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend