आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

शुक्रबार, साउन २३ २०८२
पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

बागलुङ- यहाँको बडिगाड गाउँपालिका-२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ।

आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौंलगायतका स्थानमा जाने आउने सवारीसाधन रोकिएका छन्।

निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताए। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend