आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

उच्चस्तरीय विषयगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधन : आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

बिहीबार , साउन २२ २०८२
उच्चस्तरीय विषयगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधन : आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

उनले समता, समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेका पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणका लागि आह्वान गरे।

तुर्कमेनिस्तान- प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपाली जनताको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपालले दिगो र द्रुत आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारवहन प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट गरे।

'हामी सहज र निर्वाध पारवहन र व्यापार सुनिश्चित गर्न सीमापार सम्पर्कलाई सक्रियरूपमा विस्तार एवं सुदृढ गर्दैछौँ', प्रधानमन्त्री ओलीले भने, 'आवाजा कार्ययोजनामा पारित दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारवहन नीति, भूपरिवेष्टित मुलुकको विकास, लचिलोपनजस्ता कार्यक्रम हाम्रा आशाका स्तम्भ हुन्। यी प्रावधानसहितको कार्यढाँचालाई भौतिक, डिजिटल र आर्थिकरूपमा विश्वव्यापी जोड्ने हाम्रो सामूहिक दृढ संकल्पलाई नवीकरण गर्न म आग्रह गर्दछु।'

उनले समता, समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेका पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणका लागि आह्वान गरे।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनसँग सम्बन्धित कार्यक्रम आज सकिँदै छ। रासस

प्रकाशित : बिहीबार , साउन २२ २०८२१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend