शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

बिहीबार , साउन २२ २०८२
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन्।

नवलपरासी- लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन्। पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन्।

बर्दघाट सुस्तापश्चिम नवलपरासीमा लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका-४ रामसिंह कुर्मीले बताए। रोपाइँ भएदेखि पर्याप्त वर्षा नभएर जमिनका साथै धानखेती सुक्न थालेको थियो।

'रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए। अहिले पानी परेपछि केही राहत भएको छ', उनले भने।

वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबड्ने र पहेँलो भएर गावा मर्नुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताए। तीन दिनको लगातार वर्षा भएपछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उनले धान पानीबाट हुने फसल भएकाले पर्याप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिए।

खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशंकर पौडेलले बताए। 'सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ। धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छर्दा छिटो सम्भावना बढी हुन्छ', उनले भने।

तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको सूचना अधिकारी पौडेलले बताए। उनका अनुसार जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। रासस


प्रकाशित : बिहीबार , साउन २२ २०८२१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend