शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नयाँ सुजुकी सेलेरियो नारायणी अटो बिजनेसमा

मंगलबार, फागुन १० २०७८
नयाँ सुजुकी सेलेरियो नारायणी अटो बिजनेसमा

त्यस्तै ३ भेरियन्टमा उपलब्ध सेलेरियोको अधिकतम् मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको नारायणी अटो बिजनेसका सीईओ अनुपकुमार बरालले बताए। 

काठमाडौं- मारुती सुजुकीको नयाँ सेलेरियो नेपाली बजारमा सार्वजनिक भएको छ। सुजुकीको डिलर नारायणी अटो बिजनेसमा पनि मंगलबार नयाँ सेलेरियो सार्वजनिक भएको हो। 

नारायणी अटो बिजनेसकी अध्यक्ष निलम बराल र एमडी तथा सीईओ अनुपकुमार बरालले बालकुमारी स्थित सोरुममा नयाँ सेलेरियो सार्वजनिक गेका हुन्। सुजुकीको लोकप्रिय ह्याचब्याक कार सेलेरियो २०१४ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएको थियो। सेलेरियोको फेसलिफ्ट २०१७ आएको थियो भने २०२२ मा नयाँ सेलेरियो सार्वजनिक भएको हो। 

अल न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै  गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याकलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ।

एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले सहित उपलब्ध सेलेरियोको सुरुवाती मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ। त्यस्तै ३ भेरियन्टमा उपलब्ध सेलेरियोको अधिकतम् मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको नारायणी अटो बिजनेसका सीईओ अनुपकुमार बरालले बताए। 

nab.jpeg

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के-सिरिज इन्जिन सेलेलियोमा प्रयोग गरेको छ। नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिने भएकोले सेलेरियो धेरै उपभोक्ताको रोजाइमा रहेको बरालको भनाइ छ। 

अत्याधुनिक प्रविधि द्वारा संचालित नयाँ सेलेरियोले ३५ सय आपीएममा ८९ एनएम टर्क र ५५ सय आरपीएममा ६७ पीएस पावर प्रदान गर्दछ। पावरका आधारमा पनि यो ह्याचब्याक कार धेरैको रोजाइमा पर्ने गरेको र नयाँ सेलेरियोमा थपिएको विशेषताले त अझै धेरै कार प्रेमीको मन जित्ने विश्वास बरालको छ।  

सुजुकीको एडभान्स्ड हियरटेक प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। यो प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ। रमाइलो र आराम्दाई ड्राइभिङ अनुभवको लागि ७ इन्च स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ। यसका अतिरिक्त, फस्र्ट इन सेगमेन्ट इन्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू छन्। 


प्रकाशित : मंगलबार, फागुन १० २०७८११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend