आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकन परामर्शका लागि ११ कम्पनीको चासो

बुधबार, साउन २१ २०८२
नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकन परामर्शका लागि ११ कम्पनीको चासो

यो उद्योगको खुद सम्पत्ति १७ करोड रूपैयाँ भए पनि सरकारलाई बुझाउनुपर्ने ऋण ९२ करोड रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकन परामर्शदाता खोजीका लागि अर्थ मन्त्रालयले मागेको आवेदनमा ११ वटा कम्पनीले चासो देखाएका छन्।

मन्त्रालयले असार १२ गते आवेदन माग्दै सूचना जारी गरेको थियो। आवेदन दिनेहरुमा एस सुवेदी एसोसिएट्स, देव एसोसिएट्स चार्टर्ड एकाउन्टेन, एस एण्ड एस एसोसिएट्स चार्टर एकाउन्टेन्स एस एण्ड एस- पीजेपीएन जेभी, जीन एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन जीन एण्ड जीआरबी जेभी र पीवाईसी एण्ड एसोसिएट्स रहेका छन्।

यसैगरी, केजे एण्ड एसोसिएट्स, सुजन एण्ड काफ्ले एसोसिएट्स र टीपी अधिकारी एण्ड एसोसिएट्स टीपीए-एफबीसी जेभीले पनि चासो देखाउँदै आवेदन दिएका छन्। साथै, बीआरएस न्यौपाने एण्ड को, एसडी एण्ड एसोसिएट्स र एबीएस एण्ड एसोसिएट्सले पनि आवेदन दिएका छन्।

यो उद्योग सन् १९७६ (विसं. २०३३) मा गणेश हिमाल आसपासको फलाम र जस्ता खानी उत्खनन् तथा प्रशोधनका लागि स्थापना भएको हो। उद्योग नोक्सानीमा गएको छैन। उद्योगको खुद सम्पत्ति १७ करोड रूपैयाँ भए पनि सरकारलाई बुझाउनुपर्ने ऋण ९२ करोड रूपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend