आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल ओरियन्ट म्याग्नेसाइटको सम्पत्ति मूल्यांकनका लागि ११ कम्पनी इच्छुक

बुधबार, साउन २१ २०८२
नेपाल ओरियन्ट म्याग्नेसाइटको सम्पत्ति मूल्यांकनका लागि ११ कम्पनी इच्छुक

२०३५ मा स्थापना भएको यो उद्योगको नोक्सानी भयावह छ। आर्थिक वर्ष २०८०/८१ सम्म उद्योगको सञ्चित नोक्सान पाँच अर्ब पुगेको छ।

काठमाडौं- नेपाल ओरियन्ट म्याग्नेसाइटको व्यवस्थापनमा सम्पत्ति मूल्यांकन परामर्शदाता खोजीका लागि अर्थ मन्त्रालयले मागेको आवेदनमा ११ वटा कम्पनीले चासो देखाएका छन्

मन्त्रालयले असार १२ गते आवेदन माग्दै सूचना जारी गरेको थियोआवेदन दिनेहरुमा एस सुवेदी एसोसिएट्स, देव एसोसिएट्स चार्टर्ड एकाउन्टेन, एस एण्ड एस एसोसिएटस चार्टर्ड एकाउन्टेन्स एस एण्ड एस- पीजेपीएन जेभी, जीन एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन जीन एण्ड जीआरबी जेभी पीवाईसी एण्ड एसोसिएट्स रहेका छन्

यसैगरी, केजे एण्ड एसोसिएट्स, सुजन एण्ड काफ्ले एसोसिएट्सटीपी अधिकारी एण्ड एसोसिएट्स टीपीए-एफबीसी जेभीले पनि चासो देखाउँदै आवेदन दिएका छन्साथै बीआरएस न्यौपाने एण्ड को, एसडी एण्ड एसोसिएट्सएबीएस एण्ड एसोसिएट्स रहेका छन्

२०३५ मा स्थापना भएको यो उद्योगको नोक्सानी भयावह छ। आर्थिक वर्ष २०८०/८१ सम्म उद्योगको सञ्चित नोक्सान पाँच अर्ब तीन करोड रूपैयाँ पुगेको छ। खुद सम्पत्ति चार अर्ब ५८ करोड ऋणात्मक छ।

सरकारलाई बुझाउन बाँकी साँवा र ब्याज रकम दुई अर्ब ४० करोड रूपैयाँ छ। लेखापरीक्षण २०६४/६५ यता गरिएको छैन।


प्रकाशित : बुधबार, साउन २१ २०८२१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend