आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सशस्त्र प्रहरीद्वारा ११ करोडभन्दा बढी राजस्व संकलन

बुधबार, साउन २१ २०८२
सशस्त्र प्रहरीद्वारा ११ करोडभन्दा बढी राजस्व संकलन

सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो।

कञ्चनपुर- सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट ११ करोड ३२ लाख ७६ हजार ८७५ रूपैयाँ बराबरको राजस्व संकलन गरेको छ। सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैधरुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए।

उनका अनुसार आव २०८०/ ८१ मा चार करोड ७६ लाख ७९ हजार ४ सय रूपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो।

'सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरेका छौँ', सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, 'अघिल्लो आवको तुलनामा झन्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ।'

उनले कञ्चनपुर जिल्लामा सिमानाकामा १८ वटा बीओपी पोष्ट र तीनवटा सुरक्षा गुल्म रहेको बताए। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend