आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हावाहुरीले मकैबालीमा क्षति

बुधबार, साउन २१ २०८२
हावाहुरीले मकैबालीमा क्षति

फौजी किरा, बाँदरलगायत विभिन्न जंगली जनावरलेसमेत मकैबालीमा क्षति पुर्‍याउँदै आएको कृषकहरुको उनको भनाइ छ ।

भोजपुर- अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्।

मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका-५ किसान कमला थापाले बताइन्।

फौजी किरा, बाँदरलगायत विभिन्न जंगली जनावरलेसमेत मकैबालीमा क्षति पुर्‍याउँदै आएको कृषकहरुको उनको भनाइ छ ।

'रोग किरा तथा जंगली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्‍यो', उनले भनिन्, 'मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ।'

दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको छ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ।

जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend