आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

गोल्यान ग्रुपको ६५ वर्षे यात्राको उत्सवमा ‘विकासका लागि गोल्यान’ शीर्षकमा ब्राण्ड फिल्म सार्वजनिक

बुधबार, साउन २१ २०८२
गोल्यान ग्रुपको ६५ वर्षे यात्राको उत्सवमा ‘विकासका लागि गोल्यान’ शीर्षकमा ब्राण्ड फिल्म सार्वजनिक

नेपालको एक प्रमुख व्यापारिक समूह गोल्यान ग्रुपले आफ्नो स्थापनाको ६५ वर्ष पूरा भएको अवसरमा 'गोल्यानफरग्रोथ' अर्थात् ‘विकासका लागि गोल्यान’ शीर्षकमा नयाँ ब्राण्ड फिल्म सार्वजनिक गरेको छ।

काठमाडौं- नेपालको एक प्रमुख व्यापारिक समूह गोल्यान ग्रुपले आफ्नो स्थापनाको ६५ वर्ष पूरा भएको अवसरमा 'गोल्यानफरग्रोथ' अर्थात् ‘विकासका लागि गोल्यान’ शीर्षकमा नयाँ ब्राण्ड फिल्म सार्वजनिक गरेको छ। यस फिल्ममार्फत कम्पनीले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा आफ्ना लगानीमार्फत व्यक्तिदेखि समुदायसम्म, र राष्ट्रस्तरसम्म सिर्जना भएका अवसरहरूको दृश्य प्रस्तुत गरेको छ।

सन् १९६० मा स्थापना भएको गोल्यान ग्रुपले हाल देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ। छ हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको यस समूहको वार्षिक कारोबार चार सय मिलियन अमेरिकी डलरभन्दा बढी छ।

समूहले आफ्नो व्यापारिक दृष्टिकोण नाफा केन्द्रितभन्दा बाहिर गएकाले आफूहरूको लक्ष्य मुलुकभित्रै मूल्य सिर्जना गर्दै दिगो विकासलाई प्रवर्द्धन गर्नु रहेको बताएको छ। 'रोजगारी सिर्जना, पूर्वाधार निर्माण र निर्यात प्रवर्द्धन हाम्रो कार्यदिशाका मुख्य आयाम हुन्,' समूहले विज्ञप्तिमार्फत भनेको छ।

नयाँ ब्राण्ड फिल्ममा उज्यालो पाएका बालबालिका, उचित बजारसम्म पहुँच पाएका किसान, आत्मनिर्भर बनेका मजदुरहरूका कथाहरू समेटिएको छ। फिल्मबारे समूहले भनेको छ, 'यो हाम्रो कम्पनीको दृष्टिकोणबाट होइन, ती मानिसहरूको दृष्टिबिन्दुबाट प्रस्तुत गरिएको छ, जसको जीवनमा हाम्रो कामले परिवर्तन ल्याएको छ।'

गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानका अनुसार, 'यो फिल्म हामीबारे होइन। यो ती मानिसहरूबारे हो, जसले हामीलाई आकार दिएका छन्, जसको प्रयास र परिवर्तनको यात्रामा हामी सहभागी भएका छौं। यो साझा प्रगतिको कथा हो।'

गत दशकमा गोल्यान ग्रुपले प्राप्त गरेका विभिन्न पुरस्कारहरूले समूहको आर्थिक योगदान र सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता प्रस्ट्याउँछ। समूहले निर्यात र रोजगारीमा उत्कृष्ट योगदान दिएको भन्दै सन् २०२० र २०२५ मा सरकारद्वारा ‘सीआईपी’ को उपाधि प्राप्त गरेको छ। साथै, उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) पनि समूहको झोलामा छन्।

गोल्यान ग्रुपले ‘साँचो अर्थमा समावेशी विकास’ को अवधारणा अनुरूप आफ्ना उद्यमहरू विस्तार गरिरहेको छ। समूहले फिल्ममार्फत यही सन्देश सम्प्रेषण गर्न खोजेको छ—जब विकासले सबैलाई समेट्छ, तभी त्यो अर्थपूर्ण हुन्छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend