आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

उधारो उठाउनेसम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

मंगलबार, साउन २० २०८२
उधारो उठाउनेसम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

यस्तै, उनले महासंघले रोजगारदाता र श्रमिकसँगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको धारणा राखे।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले उधारो उठाउनेसम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्।

जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८औँ स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउनेसम्बन्धी कार्यान्वयन योग्य कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए। उनले यस विषयमा महासंघले सरकार नियामक नियकासँग पैरवी गरिरहेको समेत बताए।

महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताए।

उनले निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरे। यस्तै, उनले महासंघले रोजगारदाता र श्रमिकसँगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको धारणा राखे।

अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिए। 

उनले जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथजस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताए।

संघले साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, रोजगारी सिर्जना, कर तथा प्रशासनिक झन्झटको समाधान र पूर्वाधार सुधारका विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा थप रचनात्मक कार्य हुने अपेक्षा गरेको बताए।

महासंघले सरकारसँग सहकार्य गर्दै नीति सुधार, लगानीमैत्री वातावरण र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गर्दै उनले देशको आर्थिक पुनरुत्थानका लागि निजी-सरकारी साझेदारी अपरिहार्य भएको धारणा राखे।


प्रकाशित : मंगलबार, साउन २० २०८२१८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend