आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सोमबार बिहानदेखि अवरुद्ध बुटवल-नारायणघाट सडक अझै सञ्चालनमा आउन सकेन

मंगलबार, साउन २० २०८२
सोमबार बिहानदेखि अवरुद्ध बुटवल-नारायणघाट सडक अझै सञ्चालनमा आउन सकेन

बुटवल-नारायणघाट सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ।

नवलपरासी- सोमबार बिहानदेखि अवरुद्ध बुटवल-नारायणघाट सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले लगातारको वर्षाका कारण अवरुद्ध सडक सञ्चालन गर्न नसकिएको बताए। 

'पहिरोसँगै वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात अवरुद्ध भएको हो', उनले भने, 'दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ‘ग्राभेल’ राखे पनि आवागमन सहज हुन सकेको छैन।'

दाउन्ने क्षेत्रको सडकमा हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा थप समस्या भएको छ। २४ घण्टादेखि सडक अवरुद्ध भएपछि अहिले सयौँ यात्रु र सवारी चालकहरू बीच बाटोमा रोकिएका छन्।

बुटवल-नारायणघाट सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend